काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले विश्वविद्यालयको कार्यसञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी दिइएकाहरूलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन दिएका छन् ।
विश्वविद्यालयको कामकाज र योजनाबारे भएको अन्तरक्रियामा मन्त्री पोखरेलले परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिएका हुन् ।
उपकुलपति नियुक्तिका लागि आठवटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढेको छ । अरू विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने जनाइएको छ ।
सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी उपकुलपति छनोट प्रक्रिया सुरु गरेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया