काठमाडौं । सर्वोच्च अदालतका लागि प्रधान न्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएसँगै न्यायाधीश सपना प्रधान मल्लको कार्यकक्ष स्थानान्तरण गरिएको छ।
यसअघि कामु प्रधान न्यायाधीशको रूपमा मल्ललाई नयाँ भवनको तेस्रो तलामा सचिवालयसहितको च्याम्बर उपलब्ध गराइएको थियो। अब उक्त कार्यकक्षमा नवनियुक्त प्रधान न्यायाधीश शर्माले पदभार सम्हाल्ने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि शर्माले आज साँझ ७ बजे औपचारिक रूपमा प्रधान न्यायाधीशको जिम्मेवारी ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
यससँगै सर्वोच्च अदालत प्रशासनले मल्लका लागि एनेक्स भवनको तेस्रो तलामा नयाँ कार्यकक्षको व्यवस्था मिलाएको जनाएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया