काठमाडौं । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
यसअघि सोही दिन बसेको संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीश पदका लागि अनुमोदन गरेको थियो।
शपथ ग्रहणपछि शर्माले आजै सर्वोच्च अदालत पुगेर औपचारिक रूपमा पदभार सम्हाल्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया