काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालत परिसरमा भव्य स्वागत गरिएको छ।

मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पदभार सम्हाल्न पुगेका उनलाई अदालतमा स्वागत गरिएको हो।

advertisement

प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत प्रवेश गर्दा त्यहाँ कार्यरत वरिष्ठ न्यायाधीशहरू, मुख्य रजिस्ट्रार, रजिस्ट्रार, कानुन व्यवसायी तथा कर्मचारीहरूले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए।

स्वागतका क्रममा उपस्थित अधिकारीहरूले उनलाई सफल कार्यकालको शुभकामना दिएका थिए। आगामी ६ वर्षका लागि न्यायालयको नेतृत्व सम्हाल्न आइपुगेका शर्माले आजै आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन्।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com