काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा साधारण समूहतर्फ कार्यरत १३ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस सूची सार्वजनिक गरेको हो।
बढुवाका लागि सिफारिस हुने अधिकृतहरूमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई र पङ्कज पौडेल रहेका छन्।
बढुवा समितिका सदस्य–सचिव दीपक अधिकारी द्वारा जारी सूचनाअनुसार माथिल्लो पदमा पदोन्नति भएसँगै रिक्त हुने दरबन्दीमा यी अधिकृतहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो।
साथै, उक्त सिफारिसप्रति असन्तुष्ट प्रतिस्पर्धीहरूले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र उजुरी सुन्ने समितिमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।


प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया