बेइजिङ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणका क्रममा रुस र चीनबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको दाबी गरिएको छ ।

बेइजिङमा भएको विस्तारित वार्तामा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने सहमति व्यक्त गरेका छन् ।

advertisement

दुवै नेताले सम्बन्धलाई रणनीतिक रूपमा अझ मजबुत बनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले रुस–चीन साझेदारीलाई “उदाहरणीय सम्बन्ध” भन्दै प्रशंसा गरेका छन् ।

उनले दुई देशको साझा लक्ष्य रुसी र चिनियाँ जनताको समृद्धि भएको उल्लेख गर्दै सहकार्यलाई अझ गहिरो बनाउने संकेत गरे ।

त्यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङले रुस–चीन सम्बन्ध निरन्तर प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

उनले दुई देशबीचको पारस्परिक विश्वास अझ बलियो हुँदै गएको र दीर्घकालीन, स्थिर तथा स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्याए ।

वार्तालाई “वाइड फर्म्याट मिटिङ” भनिएको विस्तारित बैठकका रूपमा लिइएको छ, जसमा ऊर्जा, व्यापार, अन्तर्राष्ट्रिय राजनीति तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com