काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति पूर्ण रूपमा जिम्मेवार र उत्तरदायी नबन्दासम्म आफ्नो पार्टीको विरोध निरन्तर जारी रहने बताएका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टी का अध्यक्ष साम्पाङले सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरे।
उनले प्रधानमन्त्री स्वयं गृहमन्त्रीको जिम्मेवारीमा रहेको उल्लेख गर्दै सो मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्मा स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता औंल्याए।
साम्पाङले भने, ‘सरकारलाई उत्तरदायी बनाउन हामी निरन्तर विरोध गर्छौँ, आवश्यक परे पाँच वर्षसम्म पनि। आलोचना गरेकै आधारमा निलम्बन गरिए पनि त्यसका लागि हामी तयार छौँ।’
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया