काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सम्बन्धित सुरक्षा निकायलाई आदेश दिएको छ।

बुधबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंको अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण फाइल समेत सुनुवाइका दिन उपस्थित गराउन निर्देशन दिएको छ।

advertisement

प्रसाईंका पक्षबाट अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा अनुसन्धानका लागि सोमबार साँझ वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरी हिरासतमा राखेको जनाएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com