काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयन र पदाधिकारीबारे चर्चा चर्किएको छ ।

आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) निर्विकल्प रहेको पार्टी नेताहरूले बताएका छन् ।

advertisement

तर उपसभापति, महामन्त्री लगायत अन्य पदहरूका लागि भने आन्तरिक रस्साकस्सी बढेको छ ।

विभिन्न राजनीतिक समूहहरू जस्तै पूर्व प्रधानमन्त्री वालेन्द्र शाहको देश विकास पार्टी, विवेकशील साझा पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, थरुहट–थारुवान तथा जेनजेडी अभियन्ताहरू रास्वपामा समाहित भएका छन् ।

यी समूहहरूको समान र न्यायोचित प्रतिनिधित्वका लागि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको पार्टीका संसदीय दल उपनेता गणेश पराजुलीले बताएका छन् ।

उपनेता पराजुलीले पार्टीमा गुट–उपगुट नभएको र सबैको साझा लक्ष्य राष्ट्र निर्माण रहेको उल्लेख गर्दै रवि लामिछानेको विकल्प नभएको स्पष्ट पारे ।

पार्टी स्रोतका अनुसार उपसभापतिमा एक महिला सहित तीन जनामध्ये दुई जना नयाँ अनुहार आउने सम्भावना छ ।

यसैबीच, महाधिवेशनलाई व्यवस्थित बनाउन विधान संशोधनको काम पनि भइरहेको छ ।

सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा गठित कार्यदलले प्रदेश र वडा तहसम्म सुझाव संकलन गरिरहेको छ ।

रास्वपाको विधानअनुसार केन्द्रीय समिति १२९ सदस्यीय हुने छ ।

महाधिवेशनबाट सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन हुने र त्यसपछि पदाधिकारी चयन गरिने प्रावधान छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले देशभरका तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न सांसद तथा नेताहरूलाई जिम्मेवारी दिइसकेको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com