काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेको आन्दोलनको स्मरण गराउँदै दोहोरो मापदण्ड नअपनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, “हिजो सत्तामा हुनेहरू प्रतिपक्षमा हुँदा बेल घेर्ने, बेलमा पलेटी कसेर बस्ने र पुस्तक पढ्ने गर्नुहुन्थ्यो ।

advertisement

निलो स्कार्फ बाँधेर आउँदा मर्यादित हुने, अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा अमर्यादित कसरी हुन्छ ?”

उनले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देखाएको प्लेकार्डलाई सभामुखले अमर्यादित भन्नु गलत भएको बताए ।

राईले कांग्रेसले हिजोको निलो स्कार्फ आन्दोलन पनि गलत र आजको प्लेकार्ड पनि मर्यादाविपरीत भएको निष्कर्ष निकालेको बताए ।

सांसद राईले सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हस्तक्षेप गर्दै दुई-तिहाइको दम्भ देखाएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।

“सदनको गरिमा र मर्यादा सभामुखको प्रतिष्ठासँग जोडिएको छ,” उनले भने ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com