काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका–१३ धाराका २५ वर्षीय प्रेम खत्रीको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार आज साँझ घरदेखि करिब एक किलोमिटर टाढा रहेको विद्युत्को खम्बामा चढेर मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो ।
खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईंको नेतृत्वमा टोली घटनास्थलमा गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया