काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

advertisement

यस्तै, आज चाँदीको मूल्य भने वृद्धि भएको छ। हिजो प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ।

 

 

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com