काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलमा सभापति लामिछानेले सुरुवाती १०० दिनसम्म सांसदहरूको कार्यसम्पादनबारे सार्वजनिक टिप्पणी नगर्ने बताउँदै आ–आफ्नो भूमिका पहिचान गरी सक्रिय रूपमा काम गर्न आग्रह गरेका हुन् ।

advertisement

छलफलपछि सांसद गणेश कार्कीले सभापति लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘आजको बैठक मुख्यतः सांसदहरूको अनुभव र अनुभूति सुन्न केन्द्रित थियो । उहाँले १०० दिनसम्म सांसदहरूको कामबारे टिप्पणी नगर्ने र सबैलाई आफ्नो जिम्मेवारी तथा भूमिकाबारे स्पष्ट हुन सुझाव दिनुभयो ।’

रास्वपाले प्रदेशगत रूपमा सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत शुक्रबार सभापति लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com