काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा शुक्रबार करिब ६ घण्टासम्म बसेको बैठकमा उपाध्यक्षहरूले धारणा राखेपछि बैठक शनिबारका लागि सारिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक शनिबार बिहान ११ः३० बजे पुनः बस्नेछ । उनले भने, ‘आज पाँच जना उपाध्यक्षले लामो समय बोल्नुभयो अब १२ जना उपाध्यक्षको धारणा आउन बाँकी छ।’

advertisement

बैठकमा नेताहरूले कार्य विभाजनसम्बन्धी प्रस्तावबारे धारणा राखिरहेका छन् । यस क्रममा आएका सुझावका आधारमा प्रस्तावित नामहरूमा संशोधन हुन सक्ने उपमहासचिव भट्टले बताएका छन् ।

पार्टी अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव सोमबारको बैठकमा प्रस्तुत गरेका थिए । सोही प्रस्तावमाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।

तर आजको छलफलमा नेताहरू विशेषगरी आगामी निर्वाचनसम्बन्धी विषयमा केन्द्रित भएपछि कार्य विभाजनबारे विस्तृत छलफल भने अघि बढ्न नसकेको सहभागी नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com