काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानविपरीत कार्य गर्ने र क्रियाशील सदस्यता नवीकरणमा अवरोध पुर्‍याउनेहरूलाई पदमुक्त गर्ने चेतावनी दिएका छन् ।

शनिबार विराटनगरमा नेता डा. शेखर कोइरालाको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति थापाले सदस्यता अद्यावधिक कार्यमा कसैले अवरोध गरे तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

advertisement

उनले केन्द्रमा क्रियाशील सदस्यहरूको स्पष्ट तथ्याङ्क रहँदा उम्मेदवार चयन र साधारण सदस्यहरूको अधिकार स्थापित गर्न सहयोग पुग्ने बताए ।

पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्दै थापाले अनुशासन, निर्वाचन र सदस्यता व्यवस्थापन जस्ता संयन्त्रहरू शीर्ष नेताहरूको सल्लाह र सहमतिमै गठन गर्न तयार रहेको स्पष्ट पारे ।

यसैबीच, सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन नियतवश लुकाइएको गम्भीर आरोप लगाएका छन् ।

प्रतिवेदन परिमार्जन गर्न आयोगमाथि दबाब दिइएको दाबी गर्दै उनले आफ्नो आरोप गलत भए तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकार र आयोगलाई चुनौती दिएका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com