काठमाडौं। ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को इन्स्टाग्राम पेज ह्याक भएको छ ।

पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नो पूर्व खाताबाट पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

advertisement

उनले लेखेका छन्, “हामीसँग हाम्रो कुनै पनि प्लेटफर्ममा पहुँच छैन ।

यसपछि सीजेपीको नामबाट आउने कुनै पनि पोस्टलाई आधिकारिक बयान मान्नु हुँदैन ।”

अभिजीत दीपकेले आफ्नो व्यक्तिगत इन्स्टाग्राम अकाउन्ट पनि ह्याक भएको, एक्स (ट्विटर) अकाउन्ट ब्लक भएको र ब्याकअप अकाउन्ट समेत डिलिट भएको बताएका छन् ।

सीजेपीको इन्स्टाग्राम पेजमा हाल २ करोड १७ लाख फलोअर्स छन्, जुन सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को फलोअर्स संख्याभन्दा दोब्बर बढी हो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com