काठमाडौं। शनिबार बिहान पाँचथरको याङ्वरक गाउँपालिकामा आएको भीषण बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

अविरल वर्षासँगै आएको विपद्का कारण स्थानीय बस्ती, सडक, पुल, खानेपानी तथा विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएका छन् ।

advertisement

जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी अनिश कर्णका अनुसार रातको समयमा विपद् आए पनि स्थानीयवासी चनाखो भएकाले हालसम्म कुनै मानवीय क्षति भएको छैन ।

याङ्वरक–१ का महमलाल खवास, कविराज राई र बलबहादुर खालिङको घर तथा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

ओयाम बजार क्षेत्र नजिकै पनि ठूलो पहिरो खस्दा आसपासका बस्ती उच्च जोखिममा परेका छन् ।

बाढी र पहिरोले यातायात पूर्वाधारमा सबैभन्दा ठूलो क्षति पुर्‍याएको छ ।

मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्डमा सडक अवरुद्ध भएको छ भने दोभानेको डाइभर्सन र निर्माणाधीन पक्की पुल बगाएको छ ।

पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति हुँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

विभिन्न झोलुङ्गे पुलहरू पनि बाढीले बगाएको छ ।

प्रभावित क्षेत्रमा विद्युत्, मोबाइल नेटवर्क र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध छन् ।

सञ्चार र यातायात विच्छेद भएकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली भने प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com