काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भदौ २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका हुन् ।

advertisement

उनले सरकार आफैँले गरेको प्रतिबद्धताअनुसार भदौ २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे ।

उनले भदौ २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदन अनुसार दोषीलाई कारबाही हुनुपर्ने जिकिर गरे ।

गगन थापा ले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकाले त्यस्ता कार्य नगर्न आग्रह समेत गरे ।

सभापति थापाले नयाँ सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए । उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरूले प्रयास जारी राख्ने बताए ।

सभापति थापाले मुलुकको अवस्थालाई बुझेर पार्टीभित्रको असहमति र विमतिलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताए । उनले केन्द्रीय समितिबाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको दोहोर्‍याए ।

पार्टीविधि र विधानबाहिर गएर काम नगर्न उनको आग्रह छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com