जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा केही प्रतिनिधिसभा सदस्यहरूलाई बैठक स्थलबाटै लखेटिए को छ ।

शनिबार कलैयामा आयोजित बैठकमा बारा जिल्लाका सांसद रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए ।

advertisement

उनीहरूले संस्थापक पक्षलाई दबाब दिन खोजेपछि बैठकमा विवाद बढेको थियो ।

विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताहरूले उनीहरूलाई धक्का दिएर बैठक स्थलबाट बाहिर निकालेका थिए ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा उद्धार गरेको छ ।

केही दिनअघि मात्रै रास्वपा बारा जिल्लाका संस्थापक अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको थियो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com