विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका सक्रिय नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यमा मनोनयन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयद्वारा जारी औपचारिक पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको हो।

advertisement

रास्वपाका महामन्त्री भूपदेव शाहको हस्ताक्षर रहेको पत्रमा साहले पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय कार्यविधिअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

मोरङको सुनवर्षी नगरपालिका–२ निवासी साह लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।

नयाँ जिम्मेवारी पाएपछि साहले पार्टीप्रति थप जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जनताको अपेक्षा र पार्टीको मार्गदर्शनअनुसार इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com