नयाँ दिल्ली । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्।

अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मा केही व्हाट्सएप म्यासेजका स्क्रिनसट सार्वजनिक गर्दै आफूलाई धम्कीपूर्ण सन्देश पठाइएको बताएका हुन्।

advertisement

सार्वजनिक गरिएका सन्देशहरूमा ‘सुन, खाता बन्द गर्नका लागि पैसा पाउनेछौ। नत्र हामी तिमीलाई अमेरिकामा पनि मार्न सक्छौँ’ भन्ने जस्ता धम्की समावेश रहेको देखिन्छ। यस्तै अर्को सन्देशमा ‘हामीसँग तिम्रो नम्बर छ, तिम्रो घर पत्ता लगाउन धेरै समय लाग्दैन’ भनिएको उल्लेख छ।

दीपकेका अनुसार यस्तो धम्की ‘नीट’ परीक्षा प्रश्नपत्र लिक भएको विषयलाई लिएर भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सुरु गरिएको अनलाइन हस्ताक्षर अभियानपछि आएको हो। उक्त अभियानमा हालसम्म करिब तीन लाखभन्दा बढीले हस्ताक्षर गरिसकेको बताइएको छ।

यही अभियानका कारण आफूलाई ज्यान मार्ने धम्की आएको दीपकेको आरोप छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com