काठमाडौं। तालिमका क्रममा अचानक बेहोस भई उपचाररत सशस्त्र प्रहरी बल (एपीएफ) का जवानहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्।
उनिहरुले उपचाररत जवानहरूको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा चिकित्सकहरूले गरिरहेको निगरानीबारे विस्तृत जानकारी लिएका छन्।
अस्पताल भ्रमणका क्रममा पूर्वगृहमन्त्री गुरुङले बिरामी जवानहरूसँग प्रत्यक्ष भेट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

उनि नेपाली संस्कार र आत्मीयतालाई आत्मसाथ गर्दै फलफूल तथा पौष्टिक आहारसहित अस्पताल पुगेका हुन्।
गृह मन्त्रालयको जिम्मेवारीबाट बाहिरिएपछि पनि राष्ट्रसेवामा खटिएका सुरक्षाकर्मीहरूप्रति उनले देखाएका चासो, सद्भाव र अभिभावकत्वलाई अस्पताल परिसरमा उपस्थित सुरक्षाकर्मी तथा बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएका छन्।
यस अवसरमा आईजीपी पौडेलले उपचारमा संलग्न चिकित्सकहरूसँग जवानहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक उपचारमा कुनै कमी हुन नदिइने बताएका थिए।

advertisement

अस्पताल प्रशासनका अनुसार उपचाररत जवानहरूको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com