काठमाडौं । नेकपा एमालेमा सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह रवि लामिछाने भन्दा १० गुणा बढि अपराधिक बाटोबाट राजनीतिमा आएको बताएका छन्।
शनिबार एमाले सचिवालयको बैठकअघि सञ्चारमाध्यममा कुरा गर्दै उनले शाहलाई पप्पुलिजम र अपराधिकबाटोले राजनीतिमा ल्याएको बताए।
बस्नेतले विगतमा रवि लामिछानेको पपुलिजम र सहकारी ठगी प्रकरणलाई लिएर आलोचना गरेपनि वर्तमान समयमा प्रधानमन्त्री बालेन्द्र शाह रवि भन्दा पनि घातक भएको जिकिर गरे।
‘आज बालेन्द्र रवि भन्दा १० गुणा बढी आपराधिक बाटोबाट राजनीतिमा आएका छन्, पपुलिजमबाट बालेन आए पनि उनीभन्दा रवि राजनीतिक रूपमा सकारात्मक देखिएका छन्।’ उनले सुनाए।
साथै, उनले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहको अनुपस्थिती प्रति असन्तुष्ट जनाउँदै विगतमा संसदमा २१ सिट हुँदा पनि रविले लोकतान्त्रिक पद्धति अपनाएको तर वर्तमान सरकारका प्रधानमन्त्रीले भने संविधानको मर्म बुझ्न नसकेको उल्ले गरे।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया