काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला भेलामा भएको विवादबारे पार्टीले स्पष्टोक्ति दिएको छ । पार्टीको मधेश प्रदेश कार्यालयले शनिबार भएको उक्त घटनाप्रति र सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहले आज एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा माननीय सांसदलाई ‘लखेटिएको’ भनी आएका समाचारहरू पूर्णतः सत्यताहीन, भ्रामक र गलत सूचना प्रवाह गर्ने नियतले प्रेरित रहेको स्पष्ट पारेका छन् ।

advertisement

विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रमको अन्त्यमा अत्यधिक भिडका कारण माननीय सांसद तथा नेतागण बाहिरिने क्रममा केही मानिसहरू हलमा प्रवेश गरेका थिए । सोही भिडको भिडियोलाई गलत रूपमा प्रयोग गरी तथा पार्टीका सदस्यहरूको सामान्य मतभिन्नतालाई जोडेर पार्टीलाई बदनाम गर्ने नियतले दुष्प्रचार गरिएको पार्टीको दाबी छ ।

यस प्रकारका अपुष्ट र भ्रामक समाचारले राजनीतिक संस्कार, सामाजिक सद्भाव र जनविश्वासमा नकारात्मक असर पार्ने भन्दै रास्वपाले सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।

पार्टी सधैं पारदर्शिता, सत्य सूचना र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com