काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको राजस्थानका २४ वर्षीय छोटुलाल जांगिड र २१ वर्षीय देवेन्द्रकुमार हरिजन रहेका छन् ।

advertisement

प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार ललितपुर महानगरपालिका–१४, खुमलटारमा बस्दै आएकी एक बालिकालाई फकाएर भारतको दिल्ली पठाउने उद्देश्यले बसको टिकट काट्दै गरेको अवस्थामा बालिकाको उद्धार गरिएको हो ।

उक्त घटनामा संलग्न दुवै जनालाई पक्राउ गरिएको र उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com