काठमाडौं। पूर्वी नाका मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु १ लाख १८ हजार नगदसहित एक युवा लाई बेहोस अवस्थामा उद्धार गरेको छ।

अत्यधिक मदिरा सेवन गरी शनिबार साँझ करिब ६ बजे सडकमा बेहोस भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर नगरपालिका–२ का ३२ वर्षीय हरि थापा लाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

advertisement

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उद्धारपछि थापालाई तत्काल उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो। उपचारपछि डिस्चार्ज भए पनि उनी हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।

थापाको साथबाट बरामद गरिएको रु १ लाख १८ हजार नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। उनका मोबाइलमा सम्पर्क गर्ने प्रयास भए पनि हालसम्म सम्पर्क हुन नसकेको बताइएको छ।

उनी सम्पर्कमा आएपछि मात्र उक्त रकम जिम्मा लगाइने प्रहरीले जनाएको छ। भारतबाट नेपाल फर्किएका थापाले काठमाडौँ जाने उद्देश्यले बस टिकट लिएका थिए। तर अत्यधिक मदिरा सेवनका कारण बस छुटेपछि उनी बाटैमा बेहोस अवस्थामा फेला परेका हुन्।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com