काठमाडौं । रौतहट र सिन्धुलीको सीमाक्षेत्रमा पर्ने बागमती नदी किनारमा दुई युवाको शव फेला परेको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोलका २० वर्षीय गणेश महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार जेठ ९ गते घरबाट घुम्न निस्किएका उनीहरूको शव बागमती नदी किनारमा फेला परेको हो । प्रारम्भिक अनुसन्धानबाट नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

advertisement

उनीहरूसँगै गएका अन्य तीन जना भने सकुशल फर्किएका छन् । घटनापछि इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरी टोलीले शव नदीबाट बाहिर निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com