काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले पार्टी एकताका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । उनले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्नुपर्ने धारणा राखेका हुन् ।

शेखर कोइराला ले १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरेका छन् । साथै, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गरी एउटै बनाइनुपर्ने उनको भनाइ छ ।

advertisement

उनले कार्यसम्पादन समितिमा सभापतिको बहुमत रहने गरी गठन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । त्यस्तै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका अन्य समितिहरू आपसी सहमतिका आधारमा मात्रै गठन गर्नुपर्ने उनको धारणा छ ।

यसअघि सोमबार बसेको नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले भने सबै पुराना सदस्यतालाई मान्यता नदिने निर्णय गरिसकेको छ । बैठकले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई सहज र तीव्र बनाउन सातै प्रदेशमा जिम्मेवारीसमेत तोकेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com