काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

कास्कीको पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

advertisement

सुनसरीको धरान उपमहानगरपालिका-२ भानु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २८ ट्याब्लेट र स्पास्मो १ सय २८ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय निश्चल लिम्बु र सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय सुक्रराज तामाङ रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.३६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com