काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विवरण nrb.org.np� मा उपलब्ध रहने जनाएको छ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया