काठमाडौ । रौतहटमा सोमबार साँझ आएको हुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ।

रौतहट को वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको हुरीले घर भत्किएर थिचिँदा ज्यान गएको हो।

advertisement

गम्भीर घाइते भएकी फूलकुमारीको उपचारका क्रममा गरुडास्थित बेटर नेपाल अस्पताल मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार हुरीका कारण टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किँदा उनी दुर्घटनामा परेकी थिइन्।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com