काठमाडौं । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ कमलाबारीबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ नम्बरको मोटरसाइकललाई शङ्कास्पद देखेर गएराति चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

advertisement

मोटरसाइकल चालक बेलका–४ बस्ने २७ वर्षीय सन्देश मगर र पछाडि सवार बेलका–३ बस्ने २५ वर्षीय पारस राईलाई ब्राउन सुगर जस्तो देखिने २ ग्राम २०० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com