काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित स्पाइकर तथा प्रहरी जवान पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अस्ट्रेलिया गएपछि उनी चैत १५ गतेदेखि लगातार गैरहाजिर रहँदै आएकी छन् ।

प्रहरीले पुनमसहित सात जना प्रहरी कर्मचारी लामो समयदेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको र सम्पर्कविहीन बनेको जनाएको छ । त्यसैले उनीहरूलाई निर्धारित समयभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो ।

advertisement

प्रहरीद्वारा जारी सूचनामा सात दिनभित्र पनि सम्पर्कमा नआए वा कार्यालयमा उपस्थित नभए प्रचलित कानुनी व्यवस्था अनुसार प्रहरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com