काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद जगदीश खरेल ले मङ्गलबार प्रतिनिधि सभा बैठकमा राखेको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिएको छ । धारणा राख्ने क्रममा बोलेको ‘विपक्षीले तमासा देखाएको’ भन्ने शब्द प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरिएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले खरेलले बोलेका शब्द अपमानजनकका साथै सार्वजनिक शिष्टाचारमा खलल पुर्याउने खालको भएकाले हटाउन माग गरेका हुन्।
‘ सांसद खरेलले विपक्षीले तमासा देखाएका भनेर अशीष्ट भाषा प्रयोग गर्नुभयो। संसद्ले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुस् भन्नु तमासा हुँदैन,’ मल्लले भने, ‘शब्द अपमानजनक, सार्वजनिक शिष्टाचारमा खलल पुर्याउने खालको छ। रेकर्डबाट हटाइयोस्।’
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया