वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखतसम्बन्धी कसुरमा परेको मुद्दाका आधारमा पुर्जी जारी गरिएको हो ।
उनका अनुसार मेयर सिंहविरुद्ध चार वटा अलग–अलग मुद्दा दर्ता भए पनि हाल लिखतसम्बन्धी कसुरको मुद्दामा मात्र पक्राउ पुर्जी जारी गरिएको हो ।
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा उक्त मुद्दा अघि बढाइएको अदालतले जनाएको छ । जाहेरीमा नक्कली कागजातको प्रयोग गरी अर्की व्यक्तिलाई आफ्नो छोरी बनाइ नागरिकता जारी गराइएको आरोप उल्लेख छ ।
सोही आरोपका आधारमा अदालतले पक्राउ अनुमति जारी गरेको जिल्ला अदालत पर्साले पुष्टि गरेको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया