काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर रु १५३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर रु १७७ रुपैयाँ ८६ पैसा र बिक्रीदर रु १७८ रुपैयाँ ५६ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०६ रुपैयाँ र बिक्रीदर रु २०६ रुपैयाँ ८१ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर रु १९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर रु १९५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर रु ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर रु १११ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक विवरण मा उपलब्ध रहेको जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया