काठमाडौं । हर्क साम्पाङ ले आज पनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको खोजी गरेका छन् ।

बैठक सुरु हुनासाथ पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको दफा १५ (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरे ।

advertisement

उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसके नियमावलीको दफा ३१ (१) प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्नसमेत आग्रह गरे ।

हर्क साम्पाङ ले भने, “धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएको छु । सभामुखले रुलिङ गर्न नसकेको अवस्थामा १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर ल्याउनुपर्‍यो । नसके ३१ (१) लागू गरेर आजको बैठकबाट मलाई निष्कासन गर्नुपर्‍यो । म आज रिसाउँदिन, कराउँदिन, यहाँको मजबुरी बुझेको छु । कि प्रधानमन्त्रीलाई बोलाउनुपर्‍यो, कि मलाई निस्केर जा भन्नुपर्‍यो ।”

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com