काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले संसद्को नयाँ भवनको प्रतिनिधिसभा हल फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नयाँ सभाहलको संरचना संसद्को गरिमाअनुसार नभएको बताएका हुन् । सांसदहरू बस्ने सिटदेखि टेबलसम्मको बनोट उपयुक्त नरहेको उनको भनाइ थियो ।

advertisement

‘प्रतिनिधिसभा भनेको फिल्म हेर्ने ठाउँ होइन । तर, त्यहाँ राखिएका सिटहरू फिल्म हलका जस्ता छन्,’ उनले भने, ‘टेबलहरू पनि कक्षाकोठामा राखिने खालका छन् । समग्र रूपमा हेर्दा त्यो संसद्को सभाहलभन्दा फिल्म हलजस्तो देखिन्छ ।’

उनले ठूलो लगानी र लामो समय लगाएर निर्माण गरिएको भवनलाई व्यवस्थित र दीर्घकालीन सोचका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिए । हतारमा गरिने कामले भविष्यमा समस्या निम्त्याउन सक्ने उनको भनाइ थियो ।

महरले प्रतिनिधिसभाको गरिमाअनुसार सभाहलको स्वरूप र व्यवस्थापन सुधार गर्न सरकारको ध्यानाकर्षणसमेत गराए ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणाधीन नयाँ संसद् भवनको प्रतिनिधिसभा हलबाट प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com