काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा रहेका छन् भने १६ नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन् ।
बुधवार अर्थमन्त्री अर्थमन्त्री डा.स्वर्णिम वाग्ले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणमा यस्तो उल्लेख गरिएको छ ।
स्वर्णिम वाग्ले अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए ।
२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल ७ खर्ब ९८ अर्ब ५६ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया