काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी आन्दोलन’सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेपछि कलाकार निश्चल बस्नेतले आफूबाटै अनुसन्धान सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
आयोगको प्रतिवेदनमा आफ्नो नाम समेत समावेश भएको उल्लेख गर्दै बस्नेतले निष्पक्ष छानबिनको माग गरेका हुन् । उनले अनुसन्धान कुनै पनि पक्षपातबिना अघि बढ्नुपर्ने बताएका छन् ।
आयोगले प्रतिवेदनमार्फत बस्नेतसहित ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेललगायत विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया