काठमाडौं । विश्व प्रेस काउन्सिल (डब्लुएपिसी)ले पत्रकार किशोर श्रेष्ठमाथि प्रहरी निगरानी गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको भन्दै कडा निन्दा गरेको छ ।

बुधबार जारी गरिएको विज्ञप्तिमा काउन्सिलले यस्तो कार्यले प्रेस स्वतन्त्रता र स्रोतको गोपनीयता सुरक्षित गर्ने सिद्धान्तमाथि गम्भीर आघात पुगेको जनाएको छ ।

advertisement

काउन्सिलका अनुसार पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ, जो पूर्व प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत हुन्, माथि गरिएको व्यवहार प्रतिशोधपूर्ण भएको र यो लोकतान्त्रिक मूल्य तथा अन्तर्राष्ट्रिय पत्रकारिता मापदण्डविपरीत रहेको उल्लेख गरिएको छ ।

काउन्सिलका अध्यक्ष डेभिड ओम्वोयोले नेपालका सम्बन्धित निकायहरूलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकार श्रेष्ठको सुरक्षा सुनिश्चित गर्न तथा निर्भय पत्रकारिताको वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com