काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतले ‘जेनजी आन्दोलन’ का क्रममा भएका घटनाको अनुसन्धान आफ्नै नामबाट सुरु गर्न आग्रह गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा आफ्नो नाम पनि अनुसन्धानका लागि सिफारिस भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

गत भदौमा भएको उक्त आन्दोलनमा प्रदर्शन भड्काउन बल पुर्‍याएको भन्दै आयोगले बस्नेतसहित विभिन्न अभियन्ताहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। प्रतिवेदन सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै निर्देशक बस्नेतले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन (दूधको दूध पानीको पानी छुट्याउन) चुनौती दिएका छन्।

advertisement

“मानवअधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ। कृपया अनुसन्धानको सुरुआत चाहिँ मैबाट गरिदिनुहोला। दूधको दूध पानीको पानी छुट्याउनु पर्‍यो,” बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

आयोगले बुधबार सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरू तथा सुरक्षा निकायका उच्च अधिकारीहरूका साथै आन्दोलन पूर्व र पश्चात् सामाजिक सञ्जाल एवं सार्वजनिक मञ्चहरूमा अभिव्यक्ति दिने निश्चल बस्नेत (भिक्टर पौडेल) लगायतका अभियन्ताहरूलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com