काठमाडौं। नेपाली कांग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षको पद रिक्त भएको छ।

दल परिवर्तन गरेको आधारमा निर्वाचन आयोगले उनीहरूको पद खारेज भएको सूचना जारी गरेको हो।

advertisement

पद गुमाउनेमा लुम्बिनी प्रदेशको मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पद्मबहादुर विष्ट रहेका छन्।

उनीहरू २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।

नेपाली कांग्रेसले दुवै जनप्रतिनिधि अर्को राजनीतिक दलमा आबद्ध भएको जानकारी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई पठाएको थियो।

त्यसपछि आयोगले कानुनी व्यवस्था अनुसार उनीहरूको पद रिक्त भएको घोषणा गरेको हो।

स्थानीय तह सम्बन्धी कानुनी प्रावधानअनुसार कुनै जनप्रतिनिधि आफू निर्वाचित भएको दल छाडेर अर्को दलमा प्रवेश गरेमा उसको पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com