काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बिहीबार (जेठ १४) सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको प्रमुख सचेतक बासना थापा ले जानकारी दिइन् ।
सरकारले जेठ १५ गते संघीय संसद्मा पेस गर्ने बजेटलगायत विषयमा बैठकमा छलफल गरिने उनले बताइन् । हामीसँग सरकारले बजेटका बारेमा राय त लिएको छैन, यसअघि विपक्षी दलका प्रमुख सचेतक, संसदीय दलको नेतासँग राय लिने चलन रहे पनि यसपटक लिइएको छैन,” उनले भनिन्, ”हामी भोलि बस्ने संसद्को संयुक्त बैठकमा कसरी पेस हुनेलगायत विषयमा छलफल गर्नेछौँ ।
संसदीय दलको बैठकपछि निर्णयलगायत विषयमा पार्टीलाई जानकारी गराउने बासना थापा ले बताइन् ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया