काठमाडौं । नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ सिजन–५ को सेमिफाइनलमा स्थान बनाएका छन् । उनले अब अस्ट्रेलियाका कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् ।

मकाओस्थित ग्यालेक्सी एरिनामा बिहीबार सम्पन्न ब्यान्टमवेट क्वार्टरफाइनलमा मर्डोकले जापानका युनोसुके मिनामीलाई तेस्रो राउन्डमा सबमिसनमार्फत पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

advertisement

यसअघि बिहीबार नै भएको अर्को क्वार्टरफाइनल भिडन्तमा रवीन्द्रले फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउट (टीकेओ) गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने रवीन्द्र पहिलो नेपाली खेलाडी हुन् । उनको ऐतिहासिक यात्राले नेपाली एमएमए खेलकुदमा नयाँ उत्साह थपेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com