काठमाडौं । मठ–मन्दिरमा आगजनी गर्ने चेतावनी दिएको अभिव्यक्तिपछि जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय जनक परियारलाई काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार परियारलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

advertisement

परियारले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै मठ–मन्दिरमा आगो लगाइदिने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका थिए । साथै उनले समान अधिकार सुनिश्चित नभए देशभर विद्रोह हुने चेतावनीसमेत दिएको बताइएको छ ।

उनका अभिव्यक्ति विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक भएका थिए, जसमा उनले दलित समुदायमाथि निरन्तर अन्याय भइरहेको र गाउँ–समाजमा उनीहरूको अवस्था अत्यन्त दयनीय रहेको दाबी गरेका थिए ।

प्रहरीका अनुसार उनी हाल टोखा नगरपालिका–८ बानियाँटार क्षेत्रमा बसोबास गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com