काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकर, भन्सार र औद्योगिक क्षेत्रसँग सम्बन्धित विभिन्न करका दर तथा सीमामा संशोधन गरिएको जानकारी दिएका हुन् ।

advertisement

उनका अनुसार व्यक्तिगत आयकरतर्फ न्यूनतम कर लाग्ने आयको सीमा दोब्बर बनाइएको छ । अब वार्षिक १० लाख रुपैयाँसम्मको आयमा न्यूनतम एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ थियो ।

अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको अधिकतम दर पनि १० प्रतिशत बिन्दुले घटाइएको घोषणा गरे । सरकारले कर प्रणालीलाई थप सहज, लगानीमैत्री र उत्पादनमुखी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

त्यस्तै, स्वदेशी उद्योग तथा उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कच्चा पदार्थमा लाग्ने भन्सार दर घटाइएको छ । नेपालभित्र वस्तु उत्पादनमा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार महसुल कम गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

सरकारले औद्योगिक उत्पादन लागत घटाउँदै स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित कर तथा भन्सार संरचनामा सुधार गरिएको जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com