काठमाडौँ । नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ। पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत आचार्यलाई उक्त जिम्मेवारी तोकेको हो।
त्यसैगरी, प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको छ।
आसन्न स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमालेले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउने तयारी गरेको छ। सोहीअनुसार केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी समेत तोकिएको पार्टीले जनाएको छ।
पार्टीले स्थानीय तहसम्म संगठनको प्रभावकारी परिचालन, जनसम्पर्क विस्तार तथा निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउन जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख गरेको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया