काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। केही दिनदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना छन्।
रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाको समस्या देखिएपछि चिकित्सकहरूको सल्लाहअनुसार प्रचण्डलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले स्वास्थ्य परीक्षणपछि उपचारका लागि अस्पतालमा राखिएको जानकारी दिएका थिए।
चिकित्सकहरूले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै हाल केही समय भेटघाट नगर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया