काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारको प्राथमिकता देशको राजस्व र आम्दानी बढाउनेतर्फ केन्द्रित रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले देशमा उत्पादित वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सहज वातावरण बनाउने प्रयास भइरहेको स्पष्ट पारे ।

advertisement

उनका अनुसार निर्यातमा लाग्दै आएको कर तथा अन्य शुल्कहरूमा हाल अस्थायी छुट दिइएको छ । ‘हामी निर्यातमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री शाहले भने, ‘देशभित्र उत्पादन भएका वस्तुहरू विभिन्न देशमा निर्यात गर्न सकियोस् भन्ने उद्देश्यले केही व्यवस्था दुई वर्षका लागि स्थगित गरिएको हो।’

उनले अहिलेको अवस्थालाई आत्मविश्वास निर्माणभन्दा पनि आर्थिक स्रोत विस्तार आवश्यक भएको समयका रूपमा चित्रण गरे ।

‘अहिले देशलाई आत्मविश्वासभन्दा बढी पैसा आवश्यक छ, त्यसैले हाम्रो ध्यान आम्दानी बढाउनेतर्फ गएको छ,’ उनले बैठकमा भने।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com